NWP – BLOCK FIX
NWP BLOCK FIX मसला ध्यानपुर्वक तयार गरिएको उच्च क्षमताको सिमेन्ट ग्रेडेड बालुवा र Additives मिश्रित मसला हो । जसमा उच्च गुणस्तरिय बालुवा, अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय सिमेन्ट र अन्य सामग्री मिसाएर तयार पारिएकोछ । यो मसला एसीसी ब्लक/फ्ल्यास ब्लक/सिएलसि आदी जोड्न प्रयोग गरिन्छ । साथै BLOCK FIX मसला एक परिमार्जत सुख्खा मोर्टार पनि हो ।
मुख्य विशेषता र फाइदाहरु
- यसले आवश्यकताभन्दा बढि चाहिने सामग्री घटाउन मद्धत गर्छ ।
- BLOCK FIX मसलामा भएको उच्च दबाब र तन्किन सक्ने स क्षमताले भार वहन क्षमता बढाउँछ ।
- भण्डारणको आवश्यकता घटाउँछ ।
- परम्परागत विधिको तुलनामा कम रसाउछ ।
- भण्डारण गर्ने ठाउँको बचत र प्रबन्धनमा राम्रो परिणाम दिन्छ ।
- भिन्दाभिन्दै सामग्रीहरु जुटाइराख्नु पर्दैन ।
उपयोग
कार्य स्थलमा पाउडर मिश्रण गर्न र घोल्न जरुरत नहुने हुँदा यस मसलामा के बल पानी राखे पुग्छ
अनुकुलता
प्रयोगमा सहज
पहिल्यै मिश्रित सामग्री भएकोले निर्माण स्थलमै के बलपानी मिसाए पुग्छ । यसले BLOCK FIX प्रक्रियालाई छिटो र सहज बनाउँछ ।
समय र श्रम लागतको बचत
झन्झट मुक्त
BLOCK FIX मसला तयार गर्दा परम्परागत विधिमा कामदार रनिरिक्षण जरुरी भएपनि यस मसलामा मोर्टारको अनुपात पहिला नै कायम
राखेकोले झन्झट बेहोर्नुपर्दैन ।
ठुलो क्षेत्र समेट्ने
४० किलोको एक बोरा NWP BLOCK FIX मसलाले ३-४ मिलिमिटर मोटाई भएको क्षेत्रको 50 देखि 60 वटा Block लाई समेट्छ ।
खेर नजाने
परम्परागत प्रक्रियाअनुसार साइटमा मसला मिश्रण गर्दा मसला धेरै खेर जान्छ भने यो मसला प्रयोग गर्दा सामग्रीहरु कम खेर जान्छ ।
भण्डारण
यो मसला भण्डारण निकै सहज छ । बाँकी रहेको मसला उचित तरिकाले बोरामा राखिसके पछि मसलालाई सुख्खा, पानी नआउने र ओसिलो नभएको ठाउँमा बोराको मुख बन्द गरेर भण्डारण गर्नुपर्छ । यसरी मसला उत्पादन भएको दिनदेखि अधिकतम १२० दिनसम्म भण्डारण गर्न सकिन्छ ।
प्रयोग र उपयोग
यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।
BLOCK FIX मसला प्रयोग गर्ने तरिका
यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।
ब्लकहरुलाई ब्रस वा अरु केहि प्रयोग गरी त्यसको धुलो, चिप्लो सफा गर्नुहोस् । सुख्खा भए ईट्टा तथा ब्लकहरुलाई पानीले भिजाउनुहोस् ।
४० के जी को NWP १ बोरा
BLOCK FIX मसलामा ७ देखि ८
लिटर पानी मिलाउनुहोस् ।
५ देखि १० मिनेटसम्म कुनै मेकानिकल मिक्सचर प्रयोग गरी राम्ररी मिलाई घोल बनाउनुहोस् ।
BLOCK FIX मसला मिश्रण प्रयोग
गर्नुहोस् ।