NWP – जोडाई मसला
NWP जोडाई मसला ध्यानपुर्वक तयार गरिएको उच्च क्षमताको सिमेन्ट ग्रेडेड बालुवा र Additives मिश्रित मसला हो । जसमा उच्च गुणस्तरिय बालुवा, अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय सिमेन्ट र अन्य सामग्री मिसाएर तयार पारिएको छ । यो मसला इट्टा/एसीसी ब्लक/फ्लयास ब्लक/सिएससि आदी जोड्न प्रयोग गरिन्छ । साथै जोडाई मसला एक परिमार्जि त सुख्खा मोर्टार पनि हो ।
मुख्य विशेषता र फाइदाहरु
- यसले आवश्यकताभन्दा बढि चाहिने सामग्री घटाउन मद्धत गर्छ ।
- जोडाई मसलामा भएको उच्च दबाब र तन्किन सक्ने क्षमताले भार वहन
क्षमता बढाउँछ । - भण्डारणको आवश्यकता घटाउँछ ।
- परम्परागत विधिको तुलनामा कम रसाउछ ।
- भण्डारण गर्ने ठाउँको बचत र प्रबन्धनमा राम्रो परिणाम दिन्छ ।
- भिन्दाभिन्दै सामग्रीहरु जुटाइराख्नु पर्दैन ।
उपयोग
कार्य स्थलमा पाउडर मिश्रण गर्न र घोल्न जरुरत नहुने हुँदा यस मसलामा के बल पानी राखे पुग्छ
अनुकुलता
जोडाई मसला उत्पादन प्रक्रिया र कणहरु उचित आकारमा फैलाएर बनाइएको हुँदा गुणस्तरिय प्रिमिक्स Laminated बाेरामार्फत ग्राहक समक्ष पुर्याइन्छ ।
प्रयोगमा सहज
पहिल्यै मिश्रित सामग्री भएकोले निर्माण स्थलमै के बल पानी मिसाए पुग्छ । यसले जोडाई प्रक्रियालाई छिटो र सहज बनाउँछ ।
समय र श्रम लागतको बचत
जोडाई मसलाको प्रयोग गर्दा सिमेन्ट र बालुवाजस्तो भिन्दाभिन्दै सामग्री मिश्रण गर्नु नपर्ने भएकोले जोडाई कार्य र परियोजना सम्पन्न गर्दा भारी समयको बचत हुन्छ ।
झन्झट मुक्त
जोडाई मसला तयार गर्दा परम्परागत विधिमा कामदार र निरिक्षण जरुरी भएपनि यस मसलामा मोर्टारको अनुपात पहिला नै कायम राखेकोले झन्झट बेहोर्नुपर्दैन ।
ठुलो क्षेत्र समेट्ने
४० किलोको एक बोरा NWP जोडाई मसलाले ३ मिलिमिटर मोटाई भएको क्षेत्रको ११० देखि १२० स्क्वायर फिट क्षेत्रफल समेट्छ ।
खेर नजाने
परम्परागत प्रक्रियाअनुसार साइटमा मसला मिश्रण गर्दा मसला धेरै खेर जान्छ भने यो मसला प्रयोग गर्दा सामग्रीहरु कम खेर जान्छ ।
भण्डारण
यो मसला भण्डारण निकै सहज छ । बाँकी रहेको मसला उचित तरिकाले बोरामा राखिसके पछि मसलालाई सुख्खा, पानी नआउने र ओसिलो नभएको ठाउँमा बोराको मुख बन्द गरेर भण्डारण गर्नुपर्छ । यसरी मसला उत्पादन भएको दिनदेखि अधिकतम १२० दिनसम्म भण्डारण गर्न सकिन्छ ।
प्रयोग र उपयोग
यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।
NWP – जोडाई मसला प्रयोग गर्ने तरिका
यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।
ईट्टा वा ब्लकहरुलाई ब्रस वा अरु केहि प्रयोग गरी त्यसको धुलो, चिप्लो सफा गर्नुहोस् । सुख्खा भए ईट्टा तथा ब्लकहरुलाई पानीले भिजाउनुहोस् ।
BLOCK FIX मसलामा ७ देखि ८
लिटर पानी मिलाउनुहोस् ।
५ देखि १० मिनेटसम्म कुनै मेकानिकल मिक्सचर प्रयोग गरी राम्ररी मिलाई घोल बनाउनुहोस् ।
३-४ MM को तह बन्ने गरी NWP जोडाई मसला मिश्रण प्रयोग गर्नुहोस् ।
Company
About Us
Our Products
Contact Us
Product
NWP- Plaster Masala
NWP- Tile Masala
NWS- Jodai Masala
Subscribe
Follow
Copyright 2021 - Nepal Wall Plast - NWP