NWP – WALPLAST

ग्रेिडङ गरिएकाे बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष additive पाउडर तथा अन्य सामग्रीहरू ध्यानपुर्वक मिश्रण गरिएको यो एक उच्च स्तरिय तैयारी मसला हो ।

मुख्य विशेषता र फाइदाहरु

  • पानी राख्नेवित्तिकै प्रयोग गर्न मिल्ने
  • समयको बचत र उत्पादकत्व उच्च हुने
  • कम खर्चिलो
  • बाह्य र भित्रि प्लास्टर कामका लागि उचित क्षमता भएको
  • खेर नजानेर राम्रो प्रतिफल दिने
  • उच्च Bonding क्षमता भएको
  • अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तर भएको
  • सहजै बोक्न र भण्डारण गर्नसकिने
  • उच्च कार्यक्षमता र Smooth finishing गर्नसकिने गुण भएको

अधिकतम नाफामुखी

उच्च क्षमता

यस मसलामा उच्च दबाब र तन्किने क्षमता भएकोले Masonry strength र भार थेग्न सक्ने क्षमता बढाउँछ ।

समयको बचत

यो मसला प्रयोग गर्दा सिमेन्ट र बालुवाजस्ता सामग्रीको भिन्दाभिन्दै मिश्रण गरिराख्नु पर्दैन । त्यसैले प्लास्टर कार्यर परियोजनाको पुणर्ताको लागि भारी समय बचत गर्नसकिन्छ ।

प्रयोग गर्न सहज

यस प्लास्टर मसलाको वस्तु पहिल्यै मिश्रीत हुनेभएकोले आवश्यकताअनुसार पानी मिसाउनेवित्तिकै सहजै प्रयोग गर्नसकिन्छ । जसले प्लास्टरको प्रक्रियालाई छिटो छरितो र सहज बनाउछ ।

समय र श्रम लागतको बचत

जोडाई मसलाको प्रयोग गर्दा सिमेन्ट र बालुवाजस्तो भिन्दाभिन्दै सामग्री मिश्रण गर्नु नपर्ने भएकोले जोडाई कार्य र परियोजना सम्पन्न गर्दा भारी समयको बचत हुन्छ ।

चिराहरु नपर्ने

कच्चा पदार्थहरुलाई प्रयोगशालामा राम्ररी परिक्षण गरिएको तथा प्रत्येक Raw Materials को सहि मिश्रण भएकोलेचिराहरु आउदैन ।

ठुलो क्षेत्र समेट्ने

४० किलोको एक बोरा NWP प्लास्टर मसलाले १० देखि १२ मिलिमिटर मोटाई भएक २०देखि २५ स्क्वायर फिट क्षेत्र समेट्छ ।

किफायती

परम्परागत सिमेन्ट र बालुवा मिश्रित प्लास्टर मसलाभन्दा तुलनात्मक रुपमा सस्तो पर्ने हुँदा समय र पैसाको बचत हुन्छ ।

झन्झट मुक्त

मसला तयार गर्दा परम्परागत विधिमा कामदार र निरिक्षण जरुरी भएपनि यस मसलामा पहिलानै उचित अनुपातमा मिलाएकोले झन्झट बेहोर्नुपर्दैन।

खेर नजाने

परम्परागत प्रक्रियाअनुसार साइटमा मसला मिश्रण गर्दा मसला धेरै खेर जान्छ भने यो मसला प्रयोग गर्दासामग्रीहरु कम खेर जान्छ ।

भण्डारण

यो मसला भण्डारण निकै सहज छ । बाँकी रहेको मसला उचित तरिकाले बोरामा राखिसकेपछि मसलालाई सुख्खा, पानी नआउनेर ओसिलो नभएको ठाउँमा बोराको मुख बन्द गरेर भण्डारण गर्नुपर्छ । यसरी मसला उत्पादन भएको दिनदेखि अधिकतम १२० दिनसम्म भण्डारण गर्नसकिन्छ ।

प्रिमिक्सड (मसला पहिल्यै मिश्रण गरिएको)

यो मसला उत्पादनकै क्रममा स्ट्यान्डर्ड अनुपातमा आवश्यक सामग्री पहिल्यै मिसाइएर गुणस्तरिय बोरामा प्याक गरेर बजारमा वितरण गरिन्छ । त्यसैले यो मसला प्रयोग गर्दासाइटमा छुट्टाछुट्टै मिसाउनेर घोल्ने झन्झट गर्नुपर्दैन । केवल पानी मिसाए पुग्छ ।

प्रयोग र उपयोग

सबैखाले Masonry र सामान्य उदेश्यको प्लास्टरिङ कार्यको लागि उपयोगी छ ।

यो मसला ४० के जीको Laminated बाेरामा उपलब्ध छ  ।

जोडाई मसला प्रयोग गर्ने तरिका

यो मसला सबैखाले Masonry र सामान्य उदेश्यको लागि उपयोगी छ ।

भित्तामा लागेकाे चिल्लाे पदार्थ तथा धुलाेसफा गर्नुहाेस् । सुक्खा  छ  भए   पानीले भिजाउनुहाेस् र । र  पहिलो प्लास्टर फिक्स (घोला) लगाउनुहोस् ।

४० KG को NWP WALPLAST मसाला
4.5 देखी  5 लिटर सफा पानीमा मिलाउनुहोस् 

अब उक्त  मिश्रणलाई ५-१० मिनेटसम्म राम्रोसंग घोल्नुहोस  

तयारी मिश्रणलाई १ घन्टाभित्र प्रयोग गरी सक्नु पर्छ  प्लास्टर सुकेपसुके पछी दिनको २/३ पटक गरी ३/४  दिनसम्म सतहलाई पानीले भिजाउनु होस   

यो सामग्रीको प्रयोगको लागि पन्जा , माक्स तथा चस्मा लगानुहोस छाला वा आँखाको सम्पर्कमा आए सफा पानीले राम्ररी धुनुहोस केहि समस्या देखिए मा तुरुन्त डाक्टरसंग सल्लाह सुझाव लिनुहोस्